
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियताको मुद्दा फेरी एकपल्ट ओझेलमा परेको बताएका छन्।

बिज्ञापन



सरकार आफ्ना नियमित तथा केही अनावश्यक र अप्रासंगिक कार्यहरुमा अल्मलिएको भन्दै उनले भने– ‘एउटा निश्चित बिन्दुमा पुगी आम जनमानसमा आशा पलाएको राष्ट्रियताको मुद्दा फेरी एकपल्ट ओझेलमा परेको आभाष भएको छ।’

ट्वीट गर्दै उनले भनेका छन्–‘मातृभूमिको माटोको मुद्दा केवल चुनावी नारामात्र नबनोस् भनी आम नागरिकले खबरदारी गर्ने बेला आइसकेको छ।’