
काठमाण्डौं। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक २०७७।७८ को बजेटमा सांसदहरुले उठाएका प्रश्नको आज प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत विनियोजन भएका कार्यक्रमका बारेमा जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
बिज्ञापन



यसअघि हिजो र सोमबार पनि मन्त्रीहरुले आ-आफ्ना मन्त्रालय अन्तरगतका कार्यक्रममा उठाइएका प्रश्नको जवाफ दिएका थिए । प्रधानमन्त्रीले जवाफ दिएलगत्तै सांसदहरुबाट प्रस्तुत भएका खर्च कटौती प्रस्तावहरु निर्णयार्थ पेश हुने छन् ।

यस्तै आजै विनियोजन विधेयक २०७७ का दफाहरु निर्णयार्थ पेश गर्ने तथा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचि पनि रहेको छ ।