अल्पाइन मेडिकल कलेजको एम्बुलेन्सबाट ५६ किलो गाँजा बरामद

पर्सा – पर्सामा एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ना ४ च ८५९९ नम्बरकाे अल्पाइन मेडिकल कलेज शिक्षण अस्पताल सिमरा, बाराको एम्बुलेन्समा ५६ किलो गाँजा बोकेको अवस्थामा वीरगञ्ज महानगरपालिका २७ बाट तीन जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

एम्बुलेन्समा गाँजा ओसार्ने सर्लाहीको लालबन्दीका जीतबहादुर वाइवा र दिलबहादुर वाइवा र पर्साका हरिशंक महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लाे समय लकडाउनकाे माैका छाेपेर एम्बुलेन्समा बिरामीकाे बाहनामा मान्छे ओसार्ने र अवैध सामग्री ओसारपसार भइरहेकाे छ ।