टिकटकसहित ५९ चिनियाँ एपमाथि भारतले लगायो प्रतिबन्ध

सर्वाधिक लोकप्रिय भिडियो शेयरिङ एप टिकटकसहित विभिन्न ५९ वटा चिनियाँ स्मार्टफोन एपहरुमाथि भारतले प्रतिबन्ध लगाएको छ ।

चीनसँगको बढ्दो तनावका बीच भारतमा चिनिया सरसामान, एप तथा सफ्टवेयरहरु बहिष्कार गर्ने अभियान चलिरहेको बेला भारत सरकारको यस्तो निर्णय आएको हो ।

बिज्ञापन

यद्यपि भारत सरकारले जारी गरेको विज्ञप्तिमा प्रतिबन्धित लगाइएका एपहरु चिनियाँ एपहरु भएको कतै खुलाइएको छैन । तथापि प्रतिबन्ध लगाइएका अधिकांश एपहरु चीनमा बनेका वा चिनियाँ कम्पनीहरुको स्वामित्वमा रहेका छन् ।

प्रतिबन्धित हुनेहरुमा भारतमा मात्र नभइ विश्वमै अत्यधिक लोकप्रिय बनिरहेको टिकटकसँगै युसी ब्राउजर तथा शेयरइटलगायतका एप छन् । प्रतिबन्धित एपहरुमा गेमिङ, ब्युटी क्यामरा, ब्राउजर, न्यूज तथा अन्य युटिलिटी एपहरु रहेका छन् ।

भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका अनुसार भारतको सम्प्रभुता एवम् एकता, सुरक्षा तथा व्यवस्थाका लागि हानिकारक रहेको हुँदा ती एपहरु प्रतिबन्धित गरिएको हो । बन्देज लगाइएका एपहरु एन्ड्रोइड तथा आईओएस दुवै प्लाटर्फममा प्रतिबन्धित हुनेछन् ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतका करोडौँ मोबाइल तथा इन्टरनेट प्रयोगकर्ताहको हितलाई ध्यानमा राख्दै भारतीय साइबर स्पेसको सुरक्षा सुनिश्चित गर्नका लागि यस्तो कदम चालिएको हो ।’

भारत सरकारको प्रतिबन्धसँगै अब एन्ड्रोइड तथा आईओएस दुवै प्लाटर्फमहरुले भारतमा आफ्नो स्टोरबाट ती एपहरुलाई हटाउनु पर्नेछ । भारतले एपहरुमाथि प्रतिबन्ध लगाएको घोषणा गरेता पनि उल्लेखित एपहरु इन्स्टल गरिसकेका प्रयोगकर्तालाई त्यस्ता एप प्रयोग नगर्न तथा अनइस्टल गर्न भने आग्रह गरेको छैन । यसको अर्थ आफ्नो मोबाइल उल्लेखित एपहरु इन्स्टल गरिसकेका प्रयोगकर्ताहरुले ती एपहरु आफैले नहटाएसम्मका लागि प्रयोग गर्न सक्नेछन् ।

यद्यपि एप स्टोरबाट ती एपहरु हटाइएसँगै प्रयोगकर्ताहरुले आफ्नो मोबाइलमा इन्स्टल भैसकेका एपहरुमा अपडेट प्राप्त गर्ने छैनन् ।

भारत सरकारले प्रतिबन्ध लगाएका ५९ वटा एपको सूची –

TikTok

Shareit

Kwai

UC Browser

Baidu map

Shein

Clash of Kings

DU battery saver

Helo

Likee

YouCam makeup

Mi Community

CM Browers

Virus Cleaner

APUS Browser

ROMWE

Club Factory

Newsdog

Beutry Plus

WeChat

UC News

QQ Mail

Weibo

Xender

QQ Music

QQ Newsfeed

Bigo Live

SelfieCity

Mail Master

Parallel Space

Mi Video Call – Xiaomi

WeSync

ES File Explorer

Viva Video – QU Video Inc

Meitu

Vigo Video

New Video Status

DU Recorder

Vault- Hide

Cache Cleaner DU App studio

DU Cleaner

DU Browser

Hago Play With New Friends

Cam Scanner

Clean Master – Cheetah Mobile

Wonder Camera

Photo Wonder

QQ Player

We Meet

Sweet Selfie

Baidu Translate

Vmate

QQ International

QQ Security Center

QQ Launcher

U Video

V fly Status Video

Mobile Legends

DU Privacy

एजेन्सीबाट