थप २५० जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ‍‍४६ सय १४ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार ६ सय १४ पुगेको छ।

 

बिज्ञापन

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार २५० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या चार हजार ६ सय १४ पुगेको हो ।

 

नयाँ संक्रमितमा पुरुष २३० पुरुष र २० जना महिला रहेको उनले बताए । योसँगै कुल संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ ।

 

बुधबार २७९ जनामा कोरोना पुष्टि भएको थियो भने मंगलबार ३२३  जनामा संक्रमण पुष्टि भएको थियो ।

 

मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १५ जनाको मृत्यु भइसकेको छ। कोरोना जित्नेको संख्या भने आठ सय ६१ पुगेको छ । बिहीबार १८७ जना डिस्चार्ज भएका छन् ।