झापा गौरादहका थप एक जनामा कोरोना संक्रमण मुक्त

झापा । गौरादह नगरपालिका का थप एक जनामा कोरोना संक्रमण मुक्त भएका छन्।

कोभिड अस्पताल बिराटनगरमा उपचार गराईएका गौरादह ९ का ४१ बर्षिय पुरुष संक्रमण मुक्तभएर घर फर्केको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोबिन्द श्रेष्ठले जानकारी दिए । गौरादह ७ को जुरोपानी स्वास्थ्य चौकी क्वारेन्टाइन मा राखिएका पुरुषमा पी सी आर परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि गत जेठ १४ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

बिज्ञापन

आज १७ दिन पछी उहाँ संक्रमण मुक्त भएका हउन ।यो संगै गौरादहमा २ जना संक्रमण मुक्त भएका छन् । यस अघि भारतको सिक्किम बाट आएका गौरादह ९ कै एक पुरुष संक्रमण मुक्त भएका थिए ।