झापाको दमक नगरपालिकाको बजेट १ अर्ब ३१ करोड ३० लाख ३५ हजार

मक। झापाको दमक नगरपालिकाले आज आगामी आर्थिक बर्ष २०७७।७८ को लागि बजेट प्रस्तुत गरेको छ । ७ औं नगरसभाबाट पारीत भएको नीति तथा कार्यक्रम अनुसार नगरपालिकाले १ अर्ब ३१ करोड ३० लाख ३५ हजारको बजेट विनियोजन गरेको छ ।

नगरसभामा नगरपालिकाको उपप्रमुख तथा बजेट नीति तथा कार्यक्रम तर्जुमा समितिको संयोजक गीता पौडेल अधिकारीले बजेट प्रस्तुत गर्नु भएको हो । प्रस्तुत बजेटको चालु खर्चतर्फ ७७ करोड ७७ लाख ६५ हजार छुट्याइएको छ ।

बिज्ञापन

जुन प्रस्तुत बजेटको ५९.२३ प्रतिशत हो । त्यस्तै पूँजीगत खर्चतर्फ ५३ करोड ५२ लाख ७ हजार छुट्याइएको छ । यो बजेटको ४०.७७ प्रतिशत हो ।