
झापा: चैत्र महिना देखि बिद्यालय ठप्प छन् । शिक्षकहरु बेरोजगार देखिएका छन् ।

यसै बिच निजि तहमा काम गर्ने शिक्षकहरुको हक हित गर्ने संस्था इस्टु ले आन्दोलनको तैयारी गर्ने भएको छ । सरकारले बिद्यालय बन्द गराएको र शिक्षकहरुको कुरा नसुनेको इस्टुको आरोप छ । इस्टुले झापा बाट आन्दोलन चर्काउने योजना बनाएको छ। अब कुनै पनि बहाना स्वीकार नहुने इस्टु आवद्ध शिक्षक नेताहरू बताउछन् ।



उनीहरु हिजोआज सामाजिक संजालमा निकै सक्रिय देखिएका छन् । कोरोना महामारी को ३ महिना बिच ३० वटा भन्दा बढी भर्चुअल बैठकहरु आयोजना गरेको र निकासको लागि न्युनतम सर्त मान्न तैयार हुदा समेत उपेक्षा गरिएको उनीहरुको आरोप छ । इस्टुले केन्द्रिय मन्त्री देखि प्रदेश र स्थानीय सरकार संग समेत बैठकहरु गरिसकेको बताइएको छ । प्याब्सन र एन प्याब्सन संग पनि बारम्बार छलफल गरिएको इस्टु निकट शिक्षकहरु बताउँछन् । प्याब्सन र एन प्याब्सनले समेत शिक्षकको समस्या लाई बेवास्ता गर्दै आएको भन्दै इस्टु नेताहरु गम्भीर देखिएका छन् ।

निजि बिद्यालय सधैंका लागि बन्द गराउने योजनामा वर्तमान सरकार रहेको बिद्यालय सञ्चालकहरु चुपचाप लागेर बस्नु दु:खद भएको इस्टु झापा जिल्ला अध्यक्ष होमराज खतिवडा बताउँछन् । आन्दोलन तैयारीका लागि शनिबार बृहत भर्चुअल मिटिङ आयोजना गरिएको र उक्त बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको खतिवडाले ओमकार टाइम्स लाई बताए ।
अबको शिक्षा ईन्टरनेट मैत्री हुनु पर्ने, शिक्षक कर्मचारी ईन्टरनेट शिक्षा दिन दक्ष हुनुपर्ने, बिद्यालयको पढाइ सिकाइ बिद्यालय टि भी स्कृनमा ईन्टरनेट बिधिको हुनुपर्ने, बिद्यार्थीले ईन्टरनेटबाट सिकाइको खोजिमा बिद्यालय छान्ने परिपाटीको बिकास हुने भएकोले निजि बिद्यालय सञ्चालकले सोच्ने बेला आएको, ईन्टरनेट शिक्षा दिन नसक्ने धेरै शिक्षकले जागिरबाट हात धुनु पर्ने अवस्था आउन सक्ने र पुरानै पद्धतिमा अगाडी बढ्न खोज्ने बिद्यालय बन्द हुन सक्ने समेत इस्टु पदाधिकारीको निष्कर्ष छ ।