गौरादह नगरपालिकाका कार्यकारी अधिकृत ओझाको प्रदेश सरकारले ल्यापटप किन्न पठाएको ९० हजारमा पनि कमिसन खाने नियत

झापा: नगरपालिकाले पनि पुरानो र कामै नलाग्ने ल्यापटप बाड्छ र? यो प्रश्नले अहिले झापाको गौरादह  निकै तातेको छ । ठ्याक्कै सुन्दा पत्याउन  नसकिने । प्रदेश सरकारले स्थानीय जनता माध्यमिक बिद्यालयलाई ल्यापटप किन्न ९० हजार पठायो । उक्त पैसा नगरपालिकामा आयो । नगरको जिन्सी शाखाको कर्मचारी नगर कै गाडी लिएर ल्यापटप किन्न जान्छन् ।  न कुनै टेन्डर न त कुनै ब्रान्डको नाम । कति पैसा पर्छ, कस्तो ल्यापटप हो र कुन प्रयोजनको लागि हो ? कुनै जानकारी छैन । एउटा सामान्य ओहोदको कर्मचारी खल्तीमा माग फारम बोकेर  कम्प्युटर सप्लायर्स कहाँ पुग्छ ।  एकथान पुरानो ल्यापटप लोड गरेर फर्किन्छ ।यो घटनाले नगरपालिकाको ब्यथिती कति रहेछ प्रष्ट भएको छ ।

 

उक्त ल्यापटप जनता मा. वी. का प्राबिधिक ले आफै जडान गरेका थिए । एसेम्बल गरेर हेर्दा ल्यापटप डुप्लिकेट र कामै नलाग्ने भएको पाइयो । केही घण्टा भित्रैमा सामाजिक संजालमा उक्त घटनाले राम्रै स्थान लियो ।

 

राज्यले जनताका छोराछोरीलाई उचित शिक्षा दिन भनेर पठाएको पैसामा राज्य कै नुन खाएको कर्मचारी ले  थोत्रो र कामै नलाग्ने ल्यापटप किन पठाइयो? जिम्मेवार निकाय किन बोल्दैन? यहि सवाल अहिले गौरादहमा सर्वाधिक चर्चामा रहेको पाइन्छ ।

 

ल्यापटप ठगीका जानकार र डिजाइनर  स्वयं कार्यकारी अधिकृत खेमराज ओझा रहेको सरोकारवालाको निष्कर्ष छ । उनीसंगै जिन्सी शाखाका कर्मचारी अर्जुन भाइ दाहाल पनि यस घटनामा दोषी देखिन्छन् ।आफ्ना मातहतका कर्मचारीलाई पुरानो ल्यापटप किन्न लगाएर ९० हजार रुपैया पैसामा पनि कमिसन खान खोज्ने अधिकृत ओझाको नियत देखिनुका साथै पुरानो ल्यापटप खरिद गरेर खरिद ऐन को विरुद्ध कार्य भएको पाइएको छ ।

 

हिजोआज प्रमुख प्रशासकिय अधिकृत कार्यालयमा त्यति आउदैनन् । आइहाले पनि दिउँसो १ बजे पछाडी मात्र हस्याङ फस्याङ गर्दै झुल्किन्छ्न् । यो आरोप अरु कसैको नभएर स्वयं नगरपालिकाका कर्मचारी को हो । ‘सेवाग्राही आएर भिडभाड हुन्छ, कार्यालय प्रमुख नहुदा काम रोकिन्छ । सानो कामको लागि सेवाग्राही ७ दिन सम्म धाउनुपर्ने हुन्छ । अनि गाली खाने बिभाग सम्हालेका कर्मचारीहरु मात्र ?´ एक कर्मचारीले नाम नबताउने सर्तमा सुनाए । क्लोजिङ को समयमा कार्यालयमा बसेर काम गर्नुपर्ने जिम्मेवार कर्मचारी किन बाहिर बाहिर हिड्छ्न् र कहाँ को संग गोप्य मिटिङ बस्छन् भन्ने तथ्य अर्थपुर्ण देखिएको छ ।