मोरङबाट सामुहिक बलात्कारको आरोपमा दुईजना पक्राउ

झापा :मोरङको उर्लाबारीमा एक किशोरीलाई सामुहिक बलात्कार गरेको अभियोगमा दुई युवालाई पक्राउ गरिएको छ ।

 

बिज्ञापन

एक नाबालिकालाई बिहोस बनाई करणी गरेको आरोपमा उर्लाबारी-५ बस्ने २१ बर्षीय भेषराज आचार्य र सोही स्थान बस्ने ३० बर्षीय प्रदिप खतिवडा पक्राउ परेका छन् । सिसौलीकी एक किशोरीलाई २०७६ फागुन २७ गते घरमा कोही नभएको अवस्थामा नशालु पदार्थ मिश्रति खानेकुरा खुवाएर सामुहिक बलात्कार गरेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास राईले ओमकार टाइम्सलाई जानकारी गराए ।

 

उनीहरु दुबैलाई जवरजस्ती करणीअभियोगमा पक्रउ गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक राईले बताइकाछन ।