मेलम्चीको सुरुङमा दुई जना बेपत्ता

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको सुरुङमा २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा आयोजनाकै इञ्जिनियर र चालक रहेको बताइएको छ ।

मंगलबार दिउँसो १२ : ३० मा गेटको बाँध फुटेको हेलम्बु गाउँपालिका प्रमुख मिमा ग्लाल्जेङ शेर्पाले बताए ।

बिज्ञापन

घाइते हुनेहरु साइट इन्जिनियर शेखर खनाल र साइट एसिस्टेन्ट प्रेमबहादुर तामाङ हुन् । सवारी चालक ५५ वर्षीय राधाकृष्ण थापा मगर र २५ वर्षीय इन्जिनियर सतिश गोइत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक प्रज्जवल महर्जनले बताए । घाइतेहरुको मेलम्ची अस्पतालमा उपचार लागि पठाइएको छ ।

सुरूङबाट पानी परीक्षणका क्रममा एउटा गेटबाट पानी बाहिर निस्केपछि अवस्था बुझ्न गएका उनीहरू बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ ।