प्रक्रियाविना नागरिकता विधेयक पास गर्नु आपत्तिजनक, राष्ट्रियसभाले फिर्ता गरोस्: लिलामणि पौडेल

काठमाडौं । पूर्वमुख्यसचिव लिलामणी पोखरेलले प्रतिनिधिसभाले उचित प्रक्रियाबिना नागरिकता विधयेक पारित गरेकोमा आपत्ति जनाएका छन् । यो विधेयक राष्ट्रिय सभाले फिर्ता गर्न उनको आह्वान छ ।

गत शुक्रबार प्रतिनिधिसभाले फास्ट ट्र्याकबाट नागरिकता विधयेक पारित गरेको थियो । खुकुलो प्रावधानसहितको विधयेकको चौतर्फी विरोध भइरहँदा सत्तारुढ दल माओवादीसँग निकट रहेका पूर्वमुख्य सचिवले मुख खोलेका हुन् । नागरिकताजस्तो संवेदनशील विधेयकलाई ‘हुन्छ’ हुँदैन भन्दै पारित गर्नु आपत्तिजनक रहेको उनले बताएका छन् ।

बिज्ञापन

सामाजिक सञ्जालमा पौडेल लेख्छन्, ‘२ वर्षसम्म संसदीय समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकताजस्तो संवेदनशील विधेयक एकाएक फिर्ता लिएर सरकारले संसदीय समितिका सिफारिस उल्टाएर नयाँ विधेयक पेश गर्नु र नयाँ विधेयक समितिमा दफावार छलफलमा नपठाइ ‘हुन्छ हुँदैन’ भन्दै पास गर्नु आपत्तिजनक छ ।’