नेकपाका दुई अध्यक्षबीचकाे छलफल सकियो, संवाद जारी राख्ने

उदयपुर — जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दिक्तेल खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घूससहित पक्राउ गरेको छ ।

सेवाग्राहीबाट ९ लाख ३४ हजार घूस लिइरहेको अवस्थामा श्रेष्ठलाई मंगलबार अख्तियारको टोलीले कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो । श्रेष्ठको साथबाट स्रोत नखुलेको ९९ हजार ५ सय रुपैयाँ पनि अख्तियारले जफत गरेको छ ।

बिज्ञापन

श्रेष्ठले सिँचाई योजनाको रकम प्रदेशबाट निकासा हुन ढिलाइ भइरहेको अवस्थामा अधिकांशसँग ‘छिटो निकासाका लागि माथि रकम दिनुपर्ने’ भन्दै पटक–पटक बार्गेनिङ गर्दै आएको सेवाग्राहीको गुनासो छ ।

रंगेहात पक्राउ परेका उनको स्वास्थ्य जाँच गरेर काठमाडौं लैजाने तयारी भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।