
काठमाडौं : आजबाट देशका मुख्य नदीहरुमा जल सतह घट्दो क्रममा रहेको देखिएको छ । जल तथा मौसम विज्ञान विभागले कन्काइ, कमला, बागमती, नारायणी लगायतका नदीहरुको बहाव घट्दो क्रममा रहेको जनाएको छ ।

कोशी र त्यसका सहायक नदीहरुमा पानीको बहाब बढ्दो क्रममा रहेपनि अन्य ठुला नदीहरुमा पानीको बहाब घट्दो क्रममा रहेको विभागले जानकारी दिएको हो । महाकाली, कर्णाली र त्यसका सहायक नदीमा बहाब घट्दो क्रममा रहेको छ ।



गत २४ घण्टामा कन्काइ नदीमा ९८ दशमलव ४ मिलिलिटर पानी परेको छ । यस्तै भैरहवामा ६४ दशमलव ५, गल्कोटमा ७४ दशमलव २ मिलिलिटर पानी परेको विभागले जनाएको छ । आगामी २४ घण्टामा प्रदेश नम्ब १, २ ५, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना विभागले औंल्याएको छ ।

सिँचाई विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारीले २१ वटा नदीलाई कार्यक्षेत्र बनाएर नियन्त्रणका काम भैरहेको बताए । आर्थिक वर्षमा ४७ किलोमिटर तटबन्ध निर्माण भएको छ । जसका कारण गत वर्ष १ सय ९० हेक्टर जमिन डुबान हुनबाट जोगिएको विभागको दावी छ ।