सुनसरीमा ७० वर्षिया वृद्वाको हत्या प्रयास , अवस्था गम्भीर

 सुनसरी।  भोक्राहा नरसिंह गाउँपालिका ८ मा ७० वर्षिया दयारानी साहुतेलीको हत्या प्रयास भएको छ । घाँटी तथा गर्दन सहित शरिरका विभिन्न अंगमा धारिलो हतियारले काटिएको अवस्थामा बिराटनगरको गोल्डेन अस्पतालमा उनको उपचार भैरहेको छ ।

प्रहरीका अनुसार घाइते वृद्धाको अवस्था गम्भिर छ । घटनामा संलग्नको खोजि भैरहेको जनाएको सुनसरी प्रहरीले अनुसन्धानका क्रममा शंकास्पद व्यक्ति उपर सोधपुछ जारी रहेको बताएको छ ।

बिज्ञापन

घर नजिकैको खेतबारीमा भैंसी चराउँदै गरेकी वृद्धा र स्थानीय केही व्यक्तिबीच वादविवाद भएको थियो । सोही क्रममा महिलामाथि धारिलो हतियार प्रहार भएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।