आज देशभर २७४ जनामा संक्रमण पुष्टि, २२७ जनाले जिते कोरोना

पछिल्लो २४ घण्टाको अवधिमा २७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा थप २७४ जनामा कोरोना संक्रमण देखिएको उनले बताए ।

बिज्ञापन

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२७ जना रहेको उनले बताए । उनीहरूको देशभरका विभिन्न आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयको जनाएको छ ।

आज २२७ जनाले कोरोना भाइरसलाई जितेका छन् । अहिलेसम्म १४ हजार २४८ जनाले कोरोनालाई जितेको छन् । कूल संक्रमितमध्ये अहिलेसम्म ७२.९५ प्रतिशत संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

आज ६ हजार ९०६ जनाको पीसीआर परीक्षण भएको छ । अहिलसम्म ३ लाख ६४ हजार ६४८ जनाको पीसीआर विधिबाट परीक्षण भएको मन्त्रालयको तथ्यांक रहेको छ । आज १३ हजार २०१ जना देशभरका विभिन्न क्वारेन्टाइनमा रहेका छन् ।