२५ हजार बढी संक्रिय संक्रमित भए पुनः लकडाउन

काठमाडौं : देशभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर बढ्दै गएको छ। यसलाई मध्यनजर गर्दै इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) ले २५ हजारमाथि संक्रिय संक्रमित भएमा लकडाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २५ हजारमाथि संक्रिय संक्रमित हुँदा स्वास्थ्य सम्बन्धी निकायले व्यवस्थापन गर्न कठिन हुने भन्दै यस्तो निर्णय भएको जानकारी दिए।

‘अहिले १७ हजार सक्रिय संक्रमित छन्। कुनै दिन २५ हजार सक्रिय संक्रमित भएमा फेरि बन्दाबन्दी गर्ने गरी सिफारिस भएको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय नाकामा हेल्थ डेस्क स्थापनाका लागि दरबन्दी पुनरवालोकन गर्ने पनि निर्णय भएको छ।’

सँगै संक्रमण दर बढ्दै गएकाले स्वास्थ्य मापदण्ड पालना नभएका विभिन्न क्षेत्र अझै एक महिनासम्म बन्द गर्ने निर्णय गरेको छ। आईसीएसको बैठकले एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता गौतमले बताए ।