
प्रदेश १ मा विहीबार १३ जना नयाँ संक्रमित थपिएका छन् भन् १० जना डिस्चार्ज भएका छन् । मोरङमा ८ झापा १ सुनसरी र धनकुटामा २—२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा ४ पुरुष, बुढीगंगामा ३ पुरुष र १ महिला, सुनसरीको कोशी गाउँपालिकामा २ पुरुष, धनकुटाको छथर जोरपाटीमा २ पुरुष र झापाको अर्जुनधारामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा संक्रमितको संख्या ८ सय ४८ पुगेको छ ।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँमा उपचाररत १० जना पुरुष डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७ सय २३ पुगेको छ भने कोरोना संक्रमितको संख्याको ८ सय ४३ पुगेको छ
।
प्रदेश १ मा बिहीवार ५ सय ३१ जनाको कोरोना परीक्षण गरिएकोमा १३ जनाको पोजिटिभ आएको हो । प्रदेश १ मा बिहीवार सम्म ३८ हजार १ सय ३५ जनाको कोरोना परीक्षण गरिएको डा. मेहताले जानकारी दिनु भयो ।



प्रदेश १ का जिल्लाहरुमा सवै भन्द बढी झापा जिल्लामा मात्र ३ सय १३ जना संक्रमितहरु छन, भने मोरङमा २ सय १९ पुगेका छन् । यसै गरी सुनसरीमा १ सय १९ पुगेको छ भने धनकुटामा १४ , भोजपुरमा ६, खोटाङमा ११, ,उदयपुरमा ८६ ,सोलुखुम्बुमा ५ , संखुवासभामा ५ जना, तेह्रथुममा ७ जना इलामामा २६ जना , पाँचथर ६ ताप्लेजुङ मा ११ जना र ओखलढुङगामा १६ जना संक्रमितहरु रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
