

झापा: गौरादह नगरपालिकाले बिकास निर्माणका लागि छुट्याइएको बजेट किन खर्च गर्न सकेन भन्ने चर्चाले स्थान पाउदै गएको छ । नगरको आन्तरिक श्रोत, प्रदेश सरकार र संघीय सरकारले अनुदान स्वरुप पठाएको बजेट समेत खर्च हुन नसके पछि नगर भित्रको आर्थिक अनियमितता नियन्त्रण बाहिर हुन थालेको हो ।




गतवर्षको कुल बजेट ७३ करोड १७ लाख ६३ हजार ५ सय
प्रशासनिक खर्च मध्ये संघीय सरकार बाट प्राप्त कुल बजेटको ८५.९१ प्रतिशत, प्रदेश सरकारबाट प्राप्त कुल बजेटको ८१.०२ प्रतिशत, आन्तरिक श्रोत बाट ६८.८ प्रतिशत खर्च भएको देखिन्छ भने पुजीगत अर्थात बिकास निर्माण कार्यमा हुने कुल खर्च मध्ये संघीय सरकार बाट प्राप्त ४२.३८ प्रतिशत मात्र खर्च भएको देखिन्छ । त्यसै गरि प्रदेश सरकार बाट प्राप्त बजेटको ६४.०९ प्रतिशत, आन्तरिक श्रोत अर्थात नगरपालिकामा भएको राजस्व संकलनबाट ५०.४३ रुपैयाँ मात्र खर्च भएको देखिन्छ ।
बेरुजु झन्डै ८ करोड
महालेखा परिक्षकको पछिल्लो तथ्यांक अनुसार गौरादह नगरपालिकाको बेरुजु ७ करोड ७२ लाख १२ हजार देखिएको छ ।
महालेखा परिक्षकको कार्यालय काठमाडौं बाट सार्वजनिक भएको तथ्यांक अनुसार गौरादह नगरपालिकाको बेरुजु रकम ५ दशमलव २० प्रतिशत रहेको बताइन्छ ।
यस्तो थियो गतवर्षको बजेट
गतवर्षको कुल बजेट ७३ करोड १७ लाख ६३ हजार ५ सय रहेको मा, चालू तर्फ ३५ करोड ४७ लाख २३ हजार २ सय तथा पुजिगत तर्फ ३७ करोड ७० लाख ४० हजार ३ सय रुपैयाँ रहेको थियो ।
कुल बजेटको आकार ३ तहका सरकार बाट संकलित रकमको कुल गणना बाट प्राप्त भएको हो । जसमध्ये नगरपालिकाको आन्तरिक श्रोत बाट ३८ करोड ५ लाख २० हजार ५ सय रहेको देखिन्छ । यसमा चालू तर्फ १० करोड ६४ लाख २५ हजार २ सय तथा पुजीगत तर्फ २७ करोड ४० लाख ९५ हजार ३ सय विनियोजित रहेको थियो ।
संघिय सरकारबाट प्राप्त ३० करोड ९५ लाख ४८ हजार रहेको देखिन्छ जस मध्ये चालू तर्फ कुल २४ करोड ३८ लाख ७२ हजार तथा पुजीगत ६ करोड ५६ लाख ७६ हजार विनियोजित भएको पाइन्छ ।
प्रदेश बाट प्राप्त कुल ४४ लाख २६ हजार मध्ये चालू तर्फ ४४ लाख २६ हजार र पुजिगत तर्फ ३ करोड ७२ लाख ६९ हजार रहेको देखिन्छ ।
कति प्रतिशत खर्च गरियो ?
प्रशासनिक खर्च मध्ये संघीय सरकार बाट प्राप्त कुल बजेटको ८५.९१ प्रतिशत, प्रदेश सरकारबाट प्राप्त कुल बजेटको ८१.०२ प्रतिशत, आन्तरिक श्रोत बाट ६८.८ प्रतिशत खर्च भएको देखिन्छ भने पुजीगत अर्थात बिकास निर्माण कार्यमा हुने कुल खर्च मध्ये संघीय सरकार बाट प्राप्त ४२.३८ प्रतिशत मात्र खर्च भएको देखिन्छ । त्यसै गरि प्रदेश सरकार बाट प्राप्त बजेटको ६४.०९ प्रतिशत, आन्तरिक श्रोत अर्थात नगरपालिकामा भएको राजस्व संकलनबाट ५०.४३ रुपैयाँ मात्र खर्च हुन सकेको देखिन्छ ।
संघीय सरकार बाट प्राप्त
स्वास्थ्यकर्मी, शिक्षक तथा आयुर्वेद कर्मचारीलाई छुट्याइएको पारिश्रमिक खर्च शिर्षकमा रहेकोे कुल १८ करोड ३५ लाख १५ हजार मध्ये १७ करोड ४२ लाख ३३ हजार खर्च भएको देखिन्छ । पोसाक शिर्षकमा रहेको ९ लाख ८० हजार मध्ये १० हजार मात्र खर्च भएको (पोसाकको लागि पारिश्रमिक शिर्षकबाट खर्च गरिएको ले कम देखिन गएको लेखा शाखाको भनाइ)
सञ्चार तर्फ छुट्याइएको कुल १ लाख ४५ हजार बाट १३ हजार २ सय मात्र खर्च भएको देखिन्छ । निर्मित सार्वजनिक सम्पत्ति मर्मत शिर्षकको १ करोड १४ लाख ८४ हजार मध्ये ३१ लाख ५० हजार मात्र खर्च गरिएको देखिन्छ ।
प्रदेश सरकार बाट प्राप्त
कर्मचारी प्रोत्साहन पुरस्कार शिर्षकको कुल ५ लाख ५० हजार बजेट मध्ये सवै रकम खर्च गरिएको, करार सेवा शुल्क २ लाख २६ हजार मध्ये १ लाख ६१ हजार, कार्यक्रम खर्च २ लाख ४० हजार रहेकोमा ३८ हजार ५ सय ५० खर्च गरिएको, शैक्षिक संस्था सहायता २७ लाख बाट २० लाख खर्च गरिएको, ५ लाख सामाजिक सुरक्षा भत्ता अन्तर्गत ५ लाख ८५ हजार रहेकोमा सत प्रतिशत खर्च गरिएको देखिन्छ ।
नगरपालिकाको आन्तरिक श्रोत बाट
कर्मचारी पारिश्रमिक तर्फ ३ करोड २३ लाख (कोरोना कहरमा संघ बाट तलब आउन ढिलाइ हुनसक्ने भएकोले आकस्मिक रूपमा आन्तरिक श्रोत बाट बजेट छुट्याइएको लेखा शाखाको भनाइ) रहेकोमा २ करोड २० लाख ६८ हजार खर्च गरिएको, पोशाक तर्फ ७ लाख ६० हजार मध्ये ६ लाख १० हजार खर्च गरिएको, महंगी भत्ता तर्फ १८ लाख मध्ये १२ लाख १२ हजार खर्च गरिएको, पदाधिकारी बैठक शिर्षक बाट २५ लाख मध्ये १७ लाख ६४ हजार खर्च गरिएको, अन्य सुबिधा (जनप्रतिनिधि तलब) शिर्षक बाट ९६ लाख मध्ये ८७ लाख ६४ हजार खर्च गरिएको, सञ्चार महशुल अन्तर्गत २३ लाख मध्ये १३ लाख खर्च गरिएको, इन्धन तर्फ १० लाख मध्ये ९ लाख ४३ हजार खर्च गरिएको, सवारी साधन तर्फ १० लाख मध्ये ९ लाख ३५ हजार खर्च गरिएको, पत्रपत्रिका शिर्षकमा रहेकोे १७ लाख बाट १६ लाख ९३ हजार ५ सय ७० खर्च गरिएको, करार सेवा अन्तर्गत ७० लाख मध्ये ६९ लाख खर्च गरिएको, लक्षितवर्ग सहितको कार्यक्रम सञ्चालन तर्फ १ करोड ५३ लाख ५० हजार मध्ये ६२ लाख ९६ हजार मात्र खर्च गरिएको, छात्रवृत्ति तर्फ २ लाख, अन्य सहायता तर्फ १० लाख मध्ये ६ लाख ९७ हजार खर्च गरिएको, घर भाडा तर्फ ९ लाख मध्ये ७ लाख ३९ हजार खर्च गरिएको पाइएको छ ।
गौरादह नगरपालिकामा झापा कै सबैभन्दा बढी बेरुजु आएको समाचार सार्वजनिक भैइरहदा सत्य तथ्य के हो भनी अध्ययन गर्दा ओमकार टाइम्सलाई नगरपालिका बाट अनौपचारिक विवरणको आधारमा यो रिपोर्ट तैयार पारिएको हो । नगर लेखा शाखाका सहायक लेखापाल गणेश भट्टराईका अनुसार अहिलेसम्म नगरपालिकाले आधिकारिक तथ्यांक तैयार पार्न सकेको छैन । नगरसभा बसेको २ महिना बितिसक्दा समेत तपाईंहरुले गतवर्षको आम्दानी खर्चको हिसाब सार्वजनिक गर्न नसक्नुको कारण के हो त? भन्ने जिज्ञासा राख्दा सहायक लेखापाल भट्टराई भन्छन्, ‘नगरसभा बस्नु पुर्व सबै हिसाब राख्न नसकेकै हो, अहिले तत्काल कसैले हिसाब माग्दा लिखित रूपमा केही दिन सकिदैन, सायद पौषमा बस्ने नगरसभा सम्ममा तैयार हुन्छ होला ।’ सञ्चारकर्मीले सूचना माग गर्दा त दिन मिल्दन भन्नुहुन्छ, आर्थिक प्रशासन चुस्त देखिएन नी ? भन्ने जिज्ञासामा उनी भन्छन्, मौखिक रूपमा मैले भनें बमोजिम तपाईंले टिपोट गरेर छाप्दा भइ हाल्छ नी, लिखित हिसाबको लागि त सोधभर्ना गर्न बाकी नै छ, पौषमा बस्ने नगरसभामा मात्र पेश गरिन्छ ।
दिनहुुँ जसो कुनै न कुनै समस्या उजागर भइरहने गौरादह नगरपालिका भित्र आर्थिक अपारदर्शीता एउटा भयावह समस्या र चुनौतीको रूपमा देखापरेको छ । गत वर्ष घाटा बजेट प्रस्तुत गरेर राम्रै चर्चा कमाएको यस नगरपालिका भित्र यो वर्ष बिकास निर्माणमा बजेट खर्च गर्न नसकेको र ठूलो धनराशि बेरुजु देखिनु ले नगर प्रशासनको अपरिपक्कता पुष्टि भएको छ भने अर्का तिर जनप्रतिनिधि कै गैर जिम्मेवारीपनका कारण नगरपालिकाको भविस्य नै अन्धकार हुँदै गएको भन्दै सरोकारवालाले गम्भीर चिन्ता र चासो प्रकट गर्न थालेका छन् ।
नोट: यस समाचारमा उल्लेखित तथ्यांकको श्रोत नगर लेखा समितिले दिएको अनौपचारिक विवरणमा आधारित रहेको र लेखा शाखाले सोधभर्ना गर्न बाकी रहेको पाइएकोले कतिपय विषयको तथ्यांकमा घटिबढी हुन सक्ने।