प्रधानमन्त्रीको सबै भेटवार्ताहरु स्थगित, मन्त्रिपरिषद् वैठक पनि स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले विहिवार सबैजसो भेट र बैठकहरु स्थगित गरेका छन्।

विहिवार विहान बालुवाटार जाँदै गरेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार आउँदै गर्दा बाटैबाट फर्किएका हुन्।

बिज्ञापन

वालुवाटार जाने क्रममा प्रचण्ड कोटेश्वर कटिसकेपछि बैठक स्थगित भएको जानकारी पाएपछि दाहाल फर्किएको बताईएको छ।

मन्त्रिपरिषद्को बैठक समेत स्थगित

त्यसैगरी, आज चार बजेका लागि बोलाईएको मन्त्रिपरिषद्को बैठक समेत स्थगित भएको छ। बैठकका लागि मन्त्रीहरुलाई सूचना पठाईसकिएकोमा पछि स्थगित भएको जानकारी सर्कुलर भएको श्रोतले जानकारी दियो।

बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्री ओलीले बैठक स्थगित गर्नुमा कोरोना जोखिम पनि कारण रहेको छ। अर्का अध्यक्ष दाहालका सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भईसकेको छ।

त्यसैगरी, प्रधानमन्त्री ओलीलाई सरकारी निवास बालुवाटार पुगेर भेटवार्ता गरेका प्रदेश नम्बर २ का आन्तरिक मामलामन्त्री ज्ञानेन्द्र यादवमा पनि कोरोना संक्रमित पुष्टि भएपछि बालुवाटारमा उच्च सतर्कता अपनाईएको छ।

यतिवेला आइशोलेशनमा रहेका प्रदेश मन्त्री यादवले गत हप्तामात्र ओलीलाई भेटेका थिए।