सुनको मूल्य तोलामा १७०० घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घटेको छ । सोमबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन तोलामा ९५ हजार रुपैयाँमा कारोबार भएको छ ।

बिज्ञापन

यस्तै चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा १३२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १२३० रुपैयाँमा कारोबार भएको हो ।