
दमक / मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोलबाट घरभित्र राखिएको १ नाल भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ ।

अवैध भरुवा बन्दुक राखिएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय केराबारीका नेतृत्वको टोलीले राति १०ः३० बजेतिर उक्त स्थानका धनबहादुर श्रेष्ठको घरमा छापा हानेको थियो ।
बिज्ञापन



साेहि क्रममा घरको पश्चिमतर्फको कोठामा लुकाई राखेको अवस्थामा १ नाल भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएकाे छ । बन्दुक सहित प्रहरीले धनबहादुरका छोरा २६ वर्षीय गणेश श्रेष्ठ र स्थानीय ३२ वर्षीय सन्तवीर तामाङलाई पक्राउ गरेको हो । बरामद भएको बन्दुकसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर प्रहरीले थप अनुसन्धान समेत अघि बढाएको छ ।
