
इटहरी । पुर्वको सुनसरी र मोरङमा डेंगु देखिएको छ। डेंगुका बिरामीहरु इटहरी उपमहानगरपालिका र मोरङको सुन्दर हरैचामा फेला परेपछि उच्च सर्तकता अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन । इटहरीमा दुई जना र सुन्दर हरैचामा थप ५ जना डेंगुका बिरामी भेटिएको हो । केही समय अघिदेखी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य अस्पतालहरुमा उपचार भई रहेको समयमा इटहरी अस्पतालमा उपचार गराउन आएका थप दुई जनामा समेत डेंगु भएको पुष्टि भएको थियो ।
त्यस्तै इटहरी अस्पतालमा उपचारार्थ भर्ना भएका थप दुई जनामा डेंगु देखा परेको अस्पतालका स्थास्थकर्मी शिव ढकालले जानकारी दिनुभयो । उपमहानगरपालिका र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग समन्वय गरी जेष्ठ १९ गते देखि उच्च सर्तकता अपनाउँदै सचेतना तथा लामखुट्टेको लार्भा नष्ट गर्ने कार्य गर्न थालिएको कुरा समेत ढकालले बताउनु भयो । बिरामीहरुमा कोपिला दाहाल, देवेन्द्र दाहाल, यमुना गुरुङ, पर्वल गुरुङ र कृष्ण शाहमा डेंगु फेला परेको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञ दुई चिकित्सकहरु डा विजय खनाल र डा प्रज्जवल प्याकुरेल समेत इटहरी आएर डेंगुको संक्रमण फैलन नदिने विषयमा सचेतना जगाउने कार्यमा सहभागी भएका छन ।