
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेकपा केन्द्रीय कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ ।

बैठक केहीबेर अघि प्रधानमन्त्री ओलीको अध्यक्षतामा शुरु भएको हो । आजको बैठकले अर्का अध्यक्षलाई कारवाही गर्ने सम्भावना छ भने नयाँ केन्द्रीय सदस्यहरु थप्ने तयारी पनि गरिएको बताइएको छ ।
बिज्ञापन



बैठकमा पूर्व माओवादीतर्फका टोपबहादुर रायमाझी, मणी थापालगायत केही नेता र माधव नेपाल समूहमा रहेका केही सदस्य पनि सहभागी भएका छन् । आजै अध्यक्ष प्रचण्ड माधव नेपाल समूहको बैठक पनि बस्दैछ ।
