यस्तो छ आगामी तीन दिनको मौसम

ठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारणले देशका विभिन्न क्षेत्रको मौसम प्रभावित हुने हुने जनाएको छ ।

अहिले गण्डकी, लुम्बिनी, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । अरु क्षेत्रको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

बिज्ञापन

बुधबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी राति बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुनेछ ।

देश अधिकांश स्थानको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन पनि मौसमविदले आग्रह गरेका छन् ।

तराई तथा पहाडका केही भूभागहरुमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

यसैगरी बिहीबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने राति देशभर मौसम सामान्यतया सफा रहनेछ ।

शुक्रबार देशभर मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।