एड्स संक्रमित एक किशोरीको मृत्यु, १२ वर्षीय भाइ पनि संक्रमित

सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्स संक्रमित एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रञ्जित झाका अनुसार एचआइभीको कारण किशोरीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

बिज्ञापन

नौ वर्षअघि एचआइभी एड्स संक्रमणबाटै उनका बाबुआमाको पनि मृत्यु भएको आफन्तले बताएका छन् । संक्रमित बुवाआमाबाट जन्मिएकी छोरीको समेत सोही कारणले मृत्यु भएको डा.झाले बताए ।

मृतक अमैयाका १२ वर्षीय भाइसमेत एचआइभी एड्सबाट पीडित छन्। उनले नियमित औषधि खाने गरेको बताइएको छ ।