मोरङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर : माछा मार्ने क्रममा करेन्ट लाग्दा मोरङको उर्लाबारीमा एक जनाको ज्यान गएको छ । स्थानीय चिसापानी खोलामा करेन्ट लगाएर माछा मार्दै गर्दा शनिवार साँझ उर्लाबारी–१ का ३१ वर्षीय विष्णु जोगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिद्युतको प्रयोग गरेर माछा मार्ने क्रममा करेन्ट लाग्दा जोगीको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । माछा मार्न विष्णुसँगै उर्लाबारी–१ का २८ वर्षीय लालबहादुर जोगी र मोरङको मिक्लाजुङ गाउँपालिका–७ का ५० वर्षीय मिलन राई पनि गएका थिए ।

लालबहादुर र मिलन सहित अन्य केही स्थानीयलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको डीएसपी दिपक श्रेष्ठले बताए ।