सुनसरी एमालेमा साइनबोर्ड फेर्ने होडबाजी

सुनसरी । सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित नेकपा एमालेले देशभरका कार्यालयहरुमा नेकपाको साइनबोर्ड फालेर नेकपा एमालेका बोर्ड राख्ने काम तीब्र पारिएको छ । अदालतको फैसलाबाट उत्साहित भएका केपी ओली पक्षधर नेता कार्यकर्ताले मंगलबारनै अधिकांश जिल्लामा एमालेको साइनबोर्ड राखिसकेका थिए ।

आज एमालेको सुनसरी जिल्ला पार्टी कार्यालयमा पनि यहि कुरा दोहिरियो । सदरमुकाम इनरुवामा रहेको पार्टी कार्यालयमा आज बिहान जिल्ला अध्यक्ष रमेश बस्नेत नेतृत्वको टोलीले बोर्ड राखे । केही घन्टापछि इनरुवा पुगेको एमाले नेता तथा संविधानसभा सदस्य रेवतीरमण भन्डारी, पूर्वराज्यमन्त्री भगवती चौधरी, प्रदेश पर्यटनमन्त्री जगदीशप्रसाद कुसियैत, प्रदेश साम्सद लिलम बस्नेत, बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल लगायतले त्यो बोर्ड हटाएर नयाँ बोर्ड राखे ।

बिज्ञापन

बोर्डमा पुष्पलाल, मनमोहन र मदन भण्डारीको तस्बिर एकातिर र ओलीको तस्बिर अर्कोतिर राखिएको छ। ओलीको फोटोसहितको बोर्ड राख्न पार्टी कार्यालय पुगेका अनेरास्ववियू सुनसरी अध्यक्ष जिबि गजलले सबै पार्टी कार्यालयमा ओलीको फोटो राखिने बताए ।

उनले भने, ‘औपचारिक निर्णय छैन। तर, अबको सुनसरी एमाले कार्यालयमा ओलीको तस्बिर अनिवार्य हुनेछन् ।’साइनबोर्ड फेराफेरलाई लिएर पार्टीभित्रको आन्तरिक मनमुटावको टिप्पणी समेत बढेको छ ।