आज तराई मधेशमा होली, रंग र अबिरसँगै होरी गीतको रौनक

काठमाडौं : आज तराई मधेशमा होली पर्व मनाइदैछ, हिमाल र पहाडका जिल्लामा हिजो होली मनाइएको थियो । सरकारले तराई मधेशमा होली पर्वका लागि आज सार्वजनिक विदा दिएको छ ।

तराई मधेशमा जिल्लामा हिजो राति होलिका दहन भएपछि आज होली मनाउन लागिएको हो । आज बिहानैदेखि तराई मधेशका जिल्लामा होलीका अवसरमा होरी गीत शुरु भइसकेको छ । होरी गीतसँगै तराई मधेशमा बासिन्दा एक आपसमा रंग अबिर दलेर होली मनाउँदैछन् । होलीका अवसरमा कोरोना संक्रमणबाट बच्न र अप्रिय घटना हुन नदिन सामाजिक दुरी कायम राख्न स्थानीय प्रहरी प्रशासनले विशेष निगरानी बढाएको छ । सुरक्षा व्यवस्था सदृढ तुल्याइएको त्यहाँ सुरक्षा अधिकारीले जनाएका छन् ।

बिज्ञापन