सभामुख सापकोटा विरुद्धको मुद्दाको पेसी संवैधानिक इजलासमा

काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा दायर भएको मुद्दा पेसीमा चढेको छ । पूर्णिमाया लामा लगायतले दायर गरेको मुद्दाको सुनुवाइका लागि बुधबार संवैधानिक इजलासमा पेसी तोकिएको छ ।

द्वन्द्वकालमा भएको एक हत्यामा सभामुख अग्नि सापकोटाविरुद्ध अनुसन्धान हुनुपर्ने माग गर्दै २०६८ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो ।

बिज्ञापन

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पहिलो नम्बरमै सुनुवाइका लागि पेसी तोकिएको हो । संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाख खतिवडा रहेका छन् ।

मुद्दाको सुनुवाइका लागि पटक पटक पेसी तोकिदै आए पनि स्थगित हुँदै आएको छ । यस्तै सोही मुद्दासँग जोडिएको कनकमणि दीक्षितको अदालतको अवहेलना सम्बन्धी मुद्दालाई पनि एकै साथ राखिएको छ ।