
काठमाडाैँ/ पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको पेटको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरिएकाे छ ।

काठमाडौंस्थित वीर अस्पतालका चिकित्सक डा. सुबोध अधिकारी नेतृत्वको टाेलीले शुक्रबार बिहान उनको शल्यक्रिया गरेको हो ।
बिज्ञापन



यसअघि ट्युमरमा क्यान्सरको शङ्का लागेपछि भट्टराईले दिल्लीमा स्वास्थ्य परीक्षण गराएका थिए । त्यहाँ आवश्यक परीक्षणपछि उनकाे ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको थियाे ।

क्यान्सर नभए पनि ट्युमर भने चाँडै फाल्नुपर्ने चिकित्सकको सुझाव अनुसार भट्टराईले शल्यक्रिया गराएका हुन् ।