यि नै हुन् काठमाडौमा शृङ्खलाबद्ध ‘सिरिन्ज’ आक्रमणमा स‌ंलग्न युवा  |  OmkarTimes.com

काठमाडौँ । काठमाडौँ उपत्यकामा आतंककै विषय बनिरहेको शृङ्खलाबद्ध ‘सिरिन्ज’ आक्रमणमा स‌ंलग्न गिरोहका एकजना पक्राउ परेका छन् ।

 

बिज्ञापन

महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाको टोलीले महाराजगञ्जबाट पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका ३० वर्षीय सन्तोष कार्की रहेका छन् । उनी काठमाडौं उपत्यकामा विभिन्न युवतीलाई शृंखलाबद्ध सिरिन्ज आक्रमण गर्ने गरेको कसुरमा पक्राउन गरिएको प्रहरीले जनाएको छ ।

 

अपराध महाशाखाको टोलीले शुक्रबार कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । रामेछाप घर भएका उनले प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि यस्तो कार्य गरेका बताएका छन् ।

 

राजधानीको महाराजगञ्जबाट बिहीबार राति नै ती युवक पक्राउ गरिएको महानगरीय प्रहरी परिसर महाराजगञ्जले जनाएको छ । सुराकका आधारमा खटिएको सादा पोशाकको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

 

 

प्रहरीले घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।

त्यही मोटरसाइकलमा महाराजगञ्जबाट नैकापस्थित घर फर्कर्ने क्रममा उनले बाटोमा युवतीहरुमाथि आक्रमण गर्ने गरेका थिए ।

 

पक्राउ परेका कार्कीले आफूले कुनै सिरिन्जले आक्रमण नगरेको र ‘काँटी’ले घोचेको प्रारम्भिक बयान दिएका छन् ।