हेटौंडामा कोरोनाबाट थप ५ जनाको मृत्यु

हेटौडा । हेटौंडामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालको कोभिड वार्डमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको हो ।

हेटौंडा–४ का ५८ वर्षीय पुरुष, बकैया गाउँपालिका–११ का ८५ वर्षीय पुरुष, मनहरी गाउँपालिका–९ का २ वर्षीय पुरुष, बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२२ निवासी ४८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डा. सागर कार्कीले जानकारी दिएका छन् ।

बिज्ञापन

उनका अनुसार हेटौंडा–११ की ६० वर्षीय महिलाको पनि कोरोनाको कारण शनिबार बिहान मृत्यु भएको हो ।

मकवानपुरमा जिल्लामा कोरोनाको दोस्रो लहर सुरु भएसँगै हेटौंडा अस्पतालमा ४३ जनाले ज्यान गुमाइसकेका छन् । हाल हेटौंडा अस्पतालको कोभिड वार्ड तथा इमर्जेन्सीमा संक्रमितको चापले भरिएको छ ।