
काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकमा ६ हजार ७१४ जनामा संक्रमण देखिएको छ । यस्तै पछिल्लो २४ घन्टामा ६ हजार ७१६ कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले थप ६ हजार ७१४ जनामा संक्रमण पुष्टि गरेको हो । विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३० नमूना परीक्षणमा ६ हजार ७१४ जनामा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १४५ जनाले ज्यान गुमाएका छन् । यस्तै १ लाख १७ हजार ७७ जना कोरोनाका सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार उपत्यकामा १ हजार ४९३ जना कोरोना संक्रमित थपिएका छन् । ११३ जना भक्तपुरमा, २४१ जना ललितपुरमा र १ हजार १३९ जना काठमाडौंमा गरी १ हजार ४९३ जनामा कोरोना संक्रमण देखिएको हो ।
बिज्ञापन



यस्तै ८४३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
