
भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली गरेर ल्याउँदै गरेको ३० केजी सुर्तीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मोरङ विराटनगर महानगरपालिका १ का १७ वर्षीय हर्समुन्द्र र विराटनगर महानगरपालिका ४ का १७ वर्षीय आशिष गिरी छन् ।
बिज्ञापन



उनीहरुलाई भारतबाट अवैध रुपमा २ वटा मोटरसाइकल प्रयोग गरेर ३० केजी सुर्ती ल्याइरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले बताए ।

प्रहरीले बरामद भएको अवैध सुर्ती आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको छ ।