संसद् विघटन मुद्दामा सरकार पक्षको बहस आज सकिँदै

काठमाडौँ,१८ असार । संसद् विघटनसम्बन्धी मुद्दामा प्रधानमन्त्रीका निजी वकिलको बहस आज सकिँदै छ ।

उनीहरूले आज डेढ घण्टा बहस गरेपछि तोकिएको समय सकिनेछ। त्यसपछि सभामुखका तर्फबाट बहस सुरु हुनेछ।

बिज्ञापन

प्रधानमन्त्री र राष्ट्रपतिका तर्फबाट बहस गर्न अझै १३ अधिवक्ता सूचीमा छन् ।

उनीहरूमध्ये तीन जनालाई १० मिनेट र १० जनालाई ७ मिनेटका दरले समय तय गरिएको छ ।