
धेरै मेहनत गर्दा पनि भनेजस्तो नम्बर आएको छैन अथवा सफलता प्राप्त हुन सकेको छैन ? कहिलेकाहीँ ज्योतिष तथा वास्तु शास्त्रको कारण पनि यस्तो हुन सक्छ।




तर, आत्तिनु पर्दैन। यसको पनि कारण छ। त्यसका लागि पहिला आफ्नो राशि कुन हो त्यो तय गर्नपर्छ। राशिअनुसारै पढ्नुपर्छ। यसले पनि तपाईंको पढाइलाई निकै सहयोग पु-याइरहेको हुन्छ। हरेक कार्यमा सफल हुन यसले मद्दत गर्छ।

कुन राशि भएकाले कसरी पढ्ने त ?
मेष – मेष राशि हुनेहरुका लागि पूर्व दिशामा अध्ययन कक्ष राम्रो हुन्छ। पूर्व कोठामा पूर्व फर्केर अध्ययन गर्दा सफलता प्राप्त हुन्छ।
वृष – वृष राशि हुनेहरुका लागि पूर्व र दक्षिण दिशामा अध्ययन कक्ष राख्दा राम्रो हुन्छ।
मिथुन – यो राशिको मलिक बुध हो, तसर्थ यी राशि भएका विद्यार्थीलाई उत्तरपश्चिम कोण राम्रो हुन्छ।
कर्कट – राशिका लागि उत्तर दिशा राम्रो मानिन्छ।
सिंह – सिंह राशि भएका व्यक्तिले पूर्वदक्षिण दिशामा बसेर अध्ययन गर्दा सफल भइन्छ।
कन्या – यो राशिको लागि दक्षिण दिशा पढ्ने कोठा उचित हुन्छ।
तुला – तुला राशि हुनेहरुका लागि पश्चिम दिशा पढ्ने कक्ष बनाउनु उत्तम हुन्छ।
वृश्चिक – यो राशि हुनेहरुका लागि उत्तरपश्चिम दिशा राम्रो मानिन्छ।
धनु – धनु राशि हुनेहरुका लागि उत्तरपूर्व दिशामा बसेर अध्ययन गर्नु राम्रो मानिन्छ।
मकर – मकर राशि भएकाहरुका लागि दक्षिण पश्चिम कोण राम्रो हुन्छ ।
कुम्भ – यो राशि हुनेहरुका लागि पश्चिम दिशा राम्रो हुन्छ।
मीन – मीन राशि हुनेहरुका लागि उत्तर दिशा उपर्युक्त हुन्छ।