
भारतको उत्तर प्रदेशमा चट्याङ्ग लागेर एकैदिन २८ जनाको मृत्यु भएको छ। सबै भन्दा धेरै प्रयागराजमा १३ जनाको मृत्यु भएको छ। भारी वर्षासँगै परेको चट्याङ लागेर उत्तर प्रदेशका अलग–अलग स्थानमा २८ जनाको मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ।

मृत्यु हुनेको संख्या बढ्न सक्ने समाचारमा उल्लेख छ। चट्याङ्ग लागेर कतिपय मानिसहरु गम्भीर घाइते भएका छन् भने दर्जनौँ चौपायाहरु पनि मरेका छन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतक परिवारलाई जनही चाररचार लाख रकम सहयोग गर्ने घोषणा गरेका छन्।
बिज्ञापन



प्रयागराजका अलावा कानपुर, फिरोजावाद, कौशाबीमा तथा मिर्जापुरमा चट्याङका कारण मानिसहरुको मृत्यु भएको हो। मानवीय क्षतिको थप विवरण संकलनकै क्रममा रहेको स्थानीय अधिकारीहरुले बताएका समाचारमा उल्लेख छ।
