झुटो विवरण पेश गरि नागरिकता लिने पक्राउ

पर्सा – झुटो विवरण पेश गरि नागरिकता लिने पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई–२ का ५१ वर्षीय धुरुप प्रसाद पटेल र भारत घर भएर बहुदरमाई–२ मा बस्ने कविता कुमारी भनिने सीता पटेल रहेकी छन् ।

बिज्ञापन

भारतीय नागरिक कविताले नागरिकता बनाउँदा धुरुप बुबा बनेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई नागरिकता सम्बन्धी कसूरमा ७ दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।