

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८९ हजार ७०० मा कारोबार भएको थियो ।
बिज्ञापन



त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार २५० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ९० हजार २०० मा कारोबार भएको थियो ।

यस्तै, आइतवार चाँदीको मूल्य पनि बढेको छ । शुक्रवार प्रतितोला रू. १ हजार १८५ मा कारोबार भएको चाँदी आइतवार रू. १ हजार २०५ मा खरीदविक्री भइरहेको छ । शुक्रवारको तुलनामा आइतवार चाँदी रू. २० ले बढेको हो ।