संखुवासभामा हत्या गरिएका सबै ६ जनाको सामूहिक दाहसंस्कार

इटहरी । संखुवासभाको मादी १ खोलागाउँको उम्लिङमा सोमबार हत्या गरिएका एकै परिवारका ६ जनाको शवलाई बुधबार इटहरीमा दाहसंस्कार गरिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ घण्टा लगाएर पोष्टमार्टम गरेपछि साँझ इटहरी ल्याएर बुढीगंगा जमुना मुक्ति घाटमा दाहसंस्कार गरिएको हो ।

८४ वर्षीया पार्वता कार्की, उनका ५२ वर्षीय छोरा तेजबहादुर कार्की र उनकी श्रीमती ५२ वर्षीया कमला कार्की, यस्तै तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की र उनका दुई छोराछोरी ११ वर्षीय दिपेन र ७ वर्षीया गोमालाई तीन चितामा राखेर जलाइएको हो ।

बिज्ञापन

तेजबहादुरका विदेशमा रहेका दुई छोराहरुमध्ये एक नरेश कार्की अन्तिम संस्कारको लागि आइपुगेका थिए । उनीहरुलाई जलाउन ल्याउने भएपछि इटहरीको घाट दिउँसोदेखि नै आफन्त गाउँले र स्थानीयले भरीभराउ थियो ।

दाहसंस्कार पछि मृतकका आफन्तहरुले घटनाको छिटो छानविन गर्न माग गरेका थिए ।