कपिलवस्तु जिल्ला अस्पतालमा पहिलोपटक नयाँ जडान गरिएको मेसिनबाट अक्सिजन उत्पादन

कपिलवस्तु : कपिलवस्तुमा पहिलोपटक अक्सिजन उत्पादन थालिएको छ । सदरमुकाम तौलिहवास्थित जिल्ला अस्पतालमा नयाँ जडान गरिएको मेसिनबाट नियमित उत्पादन थालिएको हो । १ करोड २८ लाख रुपैयाँ लागतमा फेयर ट्रेड प्रालिले प्लान्ट जडान गरेको हो । २० एमएमक्यू क्षमताको मेसिनले प्रतिमिनेट दुई सय लिटर अक्सिजन उत्पादन गर्ने बताइएको छ ।

चीनबाट आयात गरिएको मेसिनमा कम्प्रेसर, फिलिङ ड्रायर, एडप्सन ड्रायर, फिल्टर, सेप्रेसन सिस्टम, गेस बफर टेङ्क, स्टेरिलाइजिङ फिल्टर र ट्रान्सफर्मर रहेको निर्माण कम्पनीका इन्जिनियर देवेन्द्र श्रेष्ठले बताए ।

बिज्ञापन

गत असार ८ गते सम्झौता भई असार मसान्तसम्म काम सम्पन्न गर्ने समयसीमा दिइएकामा प्राविधिक कारणले ढिलो भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डन्ट डा. किशोर बन्जाडेले बताए ।