
सुनसरी । जिल्ला प्रसासन कार्यालय सुनसरीका कर्मचारीकै गल्तीका कारण छोरा भन्दा आमाको उमेर ४ बर्ष मात्रै बढी भएको नागरीकता वितरण हुन्छ र त्यही सच्याउन जाँदा सेवाग्राही नै थुनामा परेको घटना बाहिरिएको छ ।

सुनसरी कोशी गाँउपालिका ३ की लजमा खातुनको प्रतिलिपि नागरिकतामा जन्म मिति २०२५ हुुनु पर्नेमा २०४५ भएको छ । त्यही सच्याउन उनका कान्छा छोरा इसराफिल मन्सुरी प्रसासन कार्यालयमा पुगेका थिए ।
वडा कार्यालयकै सिफारीस लिएर पुगेका उनलाई प्रसासन कार्यालयका कर्मचारीले हुँदैन भन्दै फर्काएपछि मन्सुरीले भिडियो खिच्दै काम नहुनुको कारण सोध्न थाले । प्रसासन कार्यालयका कर्मचारीकै गल्तीका कारण लजमाको जन्ममीति फरक परेको थियो । यहि गल्ती सच्याउनको साटो उल्टो भिडियो खिचेको भन्दै प्रहरी थुनामा पुर्याए ।
जिल्ला प्रसासनका कर्मचारीको लापरवाही कारण भएको गल्ती सच्याउन कार्यालयमा पुगेका मन्सुरी एक रात जिल्ला प्रहरी कार्यालय सुनसरीको थुनामा बिताए ।
मन्सुरका अनुसार कर्मचारीले उल्टो आफुसंग राम्रो व्यवहार नगरेपछि उन्ले भिडियो खिचे । तर पछि प्रहरीले त्यो भिडियो पनि डेलिट गरिदियो ।
अधिकांश सरकारी कार्यालयमा सेवाग्राहीलाई झुलाउने, ढिलासुस्ती गर्ने कर्मचारीको सेवाग्राहीले नै भिडियो कैद गर्न थालेपछी आफ्नो गल्ती लुकाउन कर्मचारीले पावरको दुरुपयोग गर्न थालेका छन् । यो घटना त्यसैको एक उदाहरण हो ।