
मुम्बई । मुम्बई क्रुज ड्रग्स केसमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को एक टोली आज बलिउड अभिनेता शाहरुख खान को घर ’मन्नत’ मा पुगेको छ । एनसीबीका टोली मन्नत पुगेर पनि फर्किएको बताइएको छ ।

उनीहरू कागजी कामको कारण मन्नत पुगेका थिए । शाहरुख खानका छोरा आर्यन खान लागूऔषध मुद्दामा जेलमा छन् । त्यस्तै आज बिहान शाहरुख खान आर्थर रोड जेल गएर छोरा आर्यन खानलाई भेटेका थिए ।



एनसीबी को एक टीम फिल्म अभिनेत्री अनन्या पाण्डेको घरमा पुगेको थियो । अनन्याको नाम ड्रग्सको मामलामा व्हाट्सएप च्याट मा देखिएको छ । एन्टी ड्रग्स एजेन्सीले उनीसँग सोधपुछ गर्न सक्नेछ । अनन्या पाण्डे अभिनेता चंकी पाण्डेकी छोरी हुन् । एनसीबीले उनलाई आज सोधपुछका लागि बोलाएको छ ।

२ अक्टुबर मा मुम्बईबाट गोवा जाँदै गरेको क्रूजमा छापा मारेपछि आर्यन खान पक्राउ परेका थिए । यस मामिलामा अहिलेसम्म २० जना पक्राउ परेका छन् ।