झापा ५ बाट प्रतिनिधि सभाको लागि कांग्रेसले गर्यो ५ जनाको नाम सिफारिस

दमक। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले झापा ५ बाट ५ जनाको नाम सिफारिस गरेको छ । श्रोतका अनुसार कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनका लागि एक महिलासहित ५ जनाको नाम सिफारिस गरेको हो ।

जसमा महेन्द्रा कुमारी लिम्बु, विश्वदीप लिङ्गदेन, खगेन्द्र पाण्डव अधिकारी, मेदनी सिटौला र पदम बहादुर पौडेल छन् । लिम्बु यसअघि लगातार समानुपातिकबाट प्रतिनिधित्व गर्दै आएकी थिइन् ।

बिज्ञापन

त्यस्तै लिङ्गदेनले पहिलो संविधान सभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका थिए । अधिकारी यसअघिको निर्वाचनमा एमाले अध्यक्ष ओलीसँग आँफूले ल्याएको मत भन्दा पनि बढी मतले पराजित भएका थिए । सिटौला भने पहिलो पटक सिफारिस भएका हुन् ।

उता पौडेल भने तात्कालिन तोपगाछी गाविसबाट नेकपा एमालेबाट गाविस अध्यक्षमा निर्वाचित भएका पुराना कम्यिुनिष्ट नेता हुन् । उनी केहिबर्ष अघिमात्र नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् ।