बसको ठक्करबाट महिलाको मृत्यु

काठमाडौँ : सप्तरीको खडक नगरपालिका–७, कल्याणपुर चोकमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वबाट पश्चितर्फ जाँदै गरेको को१ख ७७८४ नम्बरको बसले पैदल हिँडिरहेकी स्थानीय ४५ वर्षीया ठण्डेश्वरी भगतलाई गए राति करिब साढे ११ बजे ठक्कर दिएको थियो ।

उपचारको लागि रुपनीस्थित युनिक अस्पताल पु¥याउनासाथ चिकित्सकले भगतलाई मृत घोषणा गरेका थिए । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

बिज्ञापन