
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।




बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
स्वास्थ्य अनुकुल नरहनाले पढाइ लेखाइमा पनि समय दिन नसकिएला । सवारी चलाउदा सावधानी अपनाउनुहोला । भीडमा धनमाल हराउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
केही खर्च भए पनि दानपुण्य र भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुष्ती मिल्ने दिन छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । नचिताएको काममा पैसा भने खर्च हुने योग छ, सावधान रहनुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज पढाइ लेखाइमा राम्रो हुनेछ । सोचेका काम सजिलैसंग पुरा गर्न सकिनेछ । साथै, टाढाको यात्रा समेत हुन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
रोकिएका अधुरा कामहरु पुरा हुनेछन् भने समस्याको हल हुनेछ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाहिने योग छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
खर्च धेरै नै बढ्ने छ । सोचे अनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । स्वास्थ्यमा ठुलै समस्या आउला । साथै, उपचारका लागी धेरै नै खर्च हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ । साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज तपाइले नसोचेको ठाउँबाट धन आर्जन गर्न सक्नु हुनेछ । साथीभाइले हरक्षण साथ दिने छन् भने मातापिताको आर्शिवाद प्राप्त होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । कहीं कसैसंग झै झगडा हुन सक्छन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नसोचेका समस्या देखिन सक्छन् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । दिन सामान्य नै रहेको छ ।