पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी र एमाले नगर अध्यक्ष भण्डारी पक्राउ

जनकपुर— मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र जनकपुरका एमाले नगर अध्यक्ष सुरेन्द्र भण्डारी पक्राउ परेका छन्।

मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा अन्सारी र भण्डारीलाई प्रहरीले बिहीबार बिहान जनकपुरधामस्थित सीताचरण होटेलबाट पक्राउ गरेको हो। उक्त होटलमा पैसा बाँडिरहेको सूचना पाएपछि प्रहरी पुगेको थियो ।

बिज्ञापन

उनीहरुको साथबाट पैसा बरामद गरिएको छ। तर, कति बरामद गरियो भन्ने खुलेको छैन।अध्यक्ष अन्सारी नेकपा एमाले समर्थित हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा २०७५ चैतमा अन्सारी मुस्लिम आयोगको अध्यक्ष नियुक्त भएका थिए।