
दाङ : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले मंगलबार गरेको नेपाल बन्दका क्रममा दाङमा भने फरक दृष्य देखिएको छ ।

सडकका देखिएका बन्दकर्ता सडक सरसफाइ र ट्राफिक चिह्नहरूको व्यवस्थापनमा लागेका छन्। बन्दकर्ताहरूले आफैँ कुचो समाएर सडक सफा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेका छन्।
बिज्ञापन



राजनीतिक कार्यकर्ताहरु अराजक मात्रै हुन्छन् भन्ने सोचलाई कम गराउन र समाजमा रचनात्मक काम गरेर पनि विरोध गर्न सकिन्छ भन्ने देखाउन यस्तो काम गरिएको हेमन्तप्रकास वलीले बताए।
