आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका १ वा २ स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ। नेपालको पूर्वी भू-भागमा ब़ंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। महाशाखाले देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकाले आवश्यक सतर्कता अपनाउनु हुन समेत अनुरोध गरेको छ । सोमबार पनि प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

बिज्ञापन

प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। यस्तै मंगलबार देशका अधिकांश भू-भागहरूमा आंशिक बदली रहने । गण्डकी प्रदेशको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।